बागमती: प्रथम बागमती खुल्ला मिनी म्याराथन (दौड) प्रतियोगिता २०८२ को उपाधि बकैया-५ का राजकुमार गोलेले जितेको छ। बागमती गाउँपालिका मकवानपुरको प्रायोजन तथा पालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबार भएको ७ किलोमीटर दुरि (शान्तिपुरदेखी, पाथिभरा, लामिटार, कोइरालादमार हुँदै झुरझुरेसम्म)२४ मिनेट ११ सेकेन्डमा पार गर्दै गोले प्रथम भएको हो।

प्रतियोगितामा हेटौंडा-४ का सुवास योन्जन (२४ मिनेट ४९ सेकेन्ड) सहित द्वितीय र बकैया-७ का सचिन थिङ (२५ मिनेट ४ सेकेन्ड) सहित तृतीय भएका छन् ।


यस्तै क्रमशः बकैया-५ का अनिष थिङ(२५:४), हेटौंडा-४ का सचिन गुरुङ (२५:५४), बागमती-६ का राम चौधरी (२५:५५), बागमती-१ का दासु तामाङ (२६:३३), बकैया-८ का प्रदीप न्यासुर (२७:५), हेटौंडा-५ का सत्यमान वाईबा (२७:५४) र बकैया-५ का मनिष थिङ (२८:१६) मा दुरि पार गरेका थिए। प्रतियोगितामा ४६ जना सहभागी भएका थिए ।
विजेताले गोलेले २५ हजार रुपैयाँसहित ट्रफी, द्वितीय योन्जनले १५ हजार र तृतीय थिङले १० हजार रुपैयाँ अन्यले टप १० भित्रकाहरुले २-२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।प्रतियोगितामा विष्णुमान श्रेष्ठ, राजकुमार तिमल्सिना र विश्वराज लामिछानेले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वडा नम्बर ३ का वडाध्यक्ष एवम् प्रवक्ता कमान सिं पाख्रीन, ४ नम्बरका वडाध्यक्ष दन्तालाल माझी,५ नम्बरका वडाध्यक्ष विजय कुमार भ्लोन, कार्यपालिका सदस्य भीम भुजेल, इलाका प्रहरी कार्यालय फापरबारीका इन्चार्ज पावल सिं लामा र एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल लगायतको आतिथ्यता रहेको थियो।






















