बागमती गाउँपालिकामा पाठेघर क्यान्सरबाट जोगाउने एचपिभी खोप सम्बन्धी अभिमुखीकरण

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा पाठेघर क्यान्सरबाट जोगाउने एचपिभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। बुधबार गाउँपालिकाका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक सर्केश घलानको अध्यक्षतामा कार्यक्रम भएको हो।

कार्यक्रममा खोप अभियानको उद्देश्य, लक्षित समूह, समय तालिका र एचपिभी खोपको महत्त्वबारे छलफल भएको पालिकाका जन स्वास्थ्य अधिकृत योगेश घलानले बताउनुभयो ।
यस्तै पाठेघरको मुखको क्यान्सरको परिचय, कारण, सर्ने माध्यम, बच्ने उपाय तथा उपचारका विधिहरूका बारेमा विस्तृत छलफल गरिएको जनाएको छ।

खोप माघ २५ गतेदेखी २७ गतेसम्म सञ्चालन हुने छुटेकाहरुले फाल्गुन महिनाको नियमित खोप तालिका र केन्द्रबाट लगाउन सक्नेछन् । विद्यालयमा अध्ययन गर्ने र विद्यालय बाहिरका छात्राहरुलाई नियमित एचपिभी  खोप लगाउन लागिएको हो । विद्यालय जाने कक्षा ६ का छात्राहरुलाई र गत आर्थिक वर्षमा खोप लगाउन छुटेका ७ कक्षादेखी १० कक्षासम्मका छात्राहरुलाई पनि खोप लगाइनेछन् । यस्तै हाल विद्यालय नजाने १० वर्ष उमेरका किशोरी र गत आर्थिक वर्षमा छुटेका विद्यालय नजाने हाल ११ देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप लगाइनेछन् । खोप विद्यालयस्तरमा र वडा स्वास्थ्य केन्द्रमा गएर लगाउन सक्नेछन् ।

यो खोपले एचपिभी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ। यो खोप ९८% देखि १००% सम्म प्रभावकारी देखिएको जनाएको छ। यो खोप १० वर्षदेखी १४ वर्षसम्मका किशोरीहरुलाई १ पटक मात्रा लगाउने खोप हो।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र कुमार तिमल्सिना, ५ नम्बरका वडा अध्यक्ष विजय कुमार भोलन लगायत कार्यपालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु र स्वास्थ्य संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.