जेन्जी आन्दोलनका क्रममा फरार ३ कैदिबन्दी पक्राउ

मकवानपुर: गत भदौ २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागार र बालसुधार गृह हेटौडाबाट फरार भएका ३ जना कैदिबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

भिमफेदी कारागारबाट फरार रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ स्थित कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङतान तथा लागू औषध ट्रामाडोल मुद्दाका प्रतिवादी हेटौंडा उपमहानगरपालिका-७, हरियालीका २२ वर्षीय विशाल गोलेलाई पक्राउ गरिएको हो। त्यसैगरी, बालसुधार गृह हेटौंडाबाट लागू औषध ब्राउन सुगर मुद्दामा फरार रहेका एक जना बालकलाई पनि नियन्त्रणमा लिइएको छ।

उनीहरूलाई शनिबार र आइतबार फेला पारी पुनः भिमफेदी कारागार र बालसुधार गृह हेटौंडा पठाइएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.