बागमती: मकवानपुरको बागमती गाउँपालिकामा `क्षयरोग मुक्त अभियान नेपाल´ अन्तर्गत शिविर सुरु भएको छ। बागमती गाउँपालिकाको आयोजना र जन्त्र (नमुना संकलक) को सहयोगमा शिविर सुरु भएको हो।
सोमबार बागमती-३ को वडा कार्यालय सुरु शिविरमा १ सय ७२ जनाको जाँच गरिएकोमा ३ जनामा क्षयरोग पुष्टि भएको अभियानका फोकल पर्सन एवम् बागमती गाउँपालिकाका जनस्वास्थ्य अधिकृत योगेश घलानले जानकारी दिनुभयो। उहाँका अनुसार १८ जनाको नमुना संकलन गरि जिन स्पोट केन्द्र अस्पताल पठाइएको र १८ जनाको सुरुमा राईगाउँ ल्याबमा टेष्ट गरिने छ।
शिविर मंगलबार वडा नम्बर १ स्थित माझगाउँमा, बुधबार ४ नम्बरस्थित झुरझुरेमा र बिहीवार वडा नम्बर ६ स्थित फापरबारीमा सञ्चालन हुनेछ ।
शिविर उद्घाटन कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी र ३ नम्बर वडा अध्यक्ष एवम् सामाजिक विकास संयोजक कमान सिं पाख्रिन लगायतको उपस्थिति रहेको थियो।























