देउजोर र गढनशिरमा विध्युत विस्तार

बागमती: बागमती-३ देउजोर र गढनशिरमा विध्युत विस्तार भएको छ। सोमबार बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले विध्युत प्रसारणको उद्घाटन गर्नुभएको हो।

विध्युत विस्तारपछी गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जनताको श्रम र सरकारको सहयोगमा विध्युत विस्तार गर्न सफल भएको बताउनुभयो । लामो मिहेनतपछि विध्युत उद्घाटन गर्न पाएकोमा उहाँले सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

विध्युत सेवा नहुँदा त्यस क्षेत्रको जनताको दैनिकी निकै कष्टकर थियो। गढनशिर निवासी डिल बहादुर पाख्रिनले गाउँमा पहिले आफुहरुको दैनिक जिवनयापनमा सहज पुगेको बताए। यस अघि विद्द्युत नहुँदा घट्ट र मिलमा जान घण्टौ लाग्ने गरेकोमा अहिले त्यो समस्या हटेको बताए। बत्ति आएसँगै बालबालिकाको पठनपाठन, मोबाइल नेट सेवा लगायत दैनिक कार्य सहज हुने भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। साथै यस महत्वपूर्ण कार्यका लागि स्थानीय सरकारप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो। विध्युत विस्तारपछी करिब ५० घर परिवार लाभान्वित भएको जनाएको छ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, ३ नम्बर वडा अध्यक्ष एवम् सामाजिक विकास संयोजक कमान सिं पाख्रिन, कार्यपालिका सदस्य भगवती माझी, वडा सदस्य रतन बज्यु र तुल बहादुर मुक्तान लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.