एन्फा युथ-१६ लिग २०२५ मा खेलेका बकैयाका खेलाडीहरु (हेर्नुहोस् को-को हुन्?)

रविन्द्र वाईबा

मकवानपुर: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको यु-१६ युथ लिग प्रतियोगिता २०२५ मा मकवानपुरको बकैया गाउँपालिकाका ५ जना खेलाडी अटाएका थिए। पाँच जनाले छुट्टाछुट्टै तीन वटा ए डिभिजन क्लबहरुबाट यो सिजनको लिग खेलेका हुन् ।

यो सिजनको लिगमा बकैया गाउँपालिकाका किशोर खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे।

१) लिगमा चर्च ब्वाईजबाट बकैया-३ का आर्यन नेगीले खेले। उनले लिगमा फरवार्ड पोजिसनमा खेल्दै उत्कृष्ट प्रदर्शन गरे।

२) यस्तै बकैया-३ कै सुजित बोम्जनले चर्च ब्वाइजबाट लिग खेले। मिडफिल्डर पोजिसनमा खेलेका उन प्रदर्शन पनि उत्कृष्ट रह्यो।

३) बकैया-३ कै यस्तै अनुभव लोले हिमालय शेर्पाबाट लिग खेले। डिफेन्डर पोजिसनमा खेलेका उनको प्रदर्शन पनि उत्कृष्ट रह्यो।

४) यस्तै बकैया-३ कै अन्कित बोम्जनले पनि हिमालयन शेर्पाबाट लिग खेले। मिडफिल्डर पोजिसनमा खेलेका उनको प्रदर्शन पनि उत्कृष्ट रह्यो।

५) यस्तै बकैया-७ का समीर लोप्चनले भने जावलाखेलबाट लिग खेले। उनले पनि मिडफिल्डर पोजिसनमा खेलेर लिगमा उत्कृष्ट प्रदर्शन गर्‍यो।

बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले यो सिजन ५ जना खेलाडीहरुले लिग खेलेर बकैयालाई खेलकुदको माध्यमबाट थप सफलता दिलाएको बताउनुभयो। यसले बकैयाको खेलकुद सम्भावनालाई राष्ट्रिय मञ्चमा उजागर गरेका छन् र आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्ने उहाँको विश्वास छ। पालिका खेलकुद विकास समितिबाट आवश्यक सहयोग गरिरहने बताउनुभयो । बकैया खेलकुद विकास समितिले पौष २८ गतेबाट सुरु गर्न लागेको सातौं संस्करणको बकैया गोल्डकपमा ५ जनै खेलाडीहरुलाई स्वागत गर्नुभएको छ।

बकैया गाउँपालिकाका खेलाडीहरुले यस अघि ए डिभिजन, बि डिभिजन र सि डिभिजन प्रतियोगिताहरुले खेलिसकेका छ। केही दिन अघि मात्र बकैयाका सुजन गुरुङले राष्ट्रिय लिगको तयारीमा रहेको ए डिभिजन क्लब जावलाखेलसँग सम्झौता गरेको थियो। उनले यस अघि लिग छनौट खेलहरु पनि खेलिसकेको छ।

यस्तै अन्डर-१८ लिगमा रोशन वाईबा र सन्देश घलानले खेलिसकेका छन् । यस्तै बकैयाका अभिषेक भोलन र आयुष नेगीले बि डिजिजन र छेवाङ बोम्जन र सरोज भोलन लगायतले सि डिभिजन खेलिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.