सूर्य माविलाई आठौँ बागमती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि

बागमती: आठौँ संस्करणको बागमती गाउँपालिकास्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधि बागमती-१ स्थित सूर्य माविले जितेको छ। बागमती-४, झुरझुरेस्थित सहिद स्मृति रंगशाला आइतबार सम्पन्न प्रतियोगितामा सूर्य माविले ११ स्वर्ण र १४ रजतसहित उपाधि जितेको हो।

सूर्य माविले सातौं संस्करण पनि जितेको थियो। प्रतियोगितामा बागमती-५ स्थित देवकी मावि ११ स्वर्ण र १३ रजतसहित द्वितीय र बागमती-८ स्थित जनता मावि ११ स्वर्ण ८ रजतसहित तृतीय भएको छ। तिनै वटै विद्यालयले बराबर स्वर्ण ल्याए पनि रजतको आधारमा सुर्य माविले उपाधि जितेको हो। यस्तै वडा नम्बर २ स्थित बागमती मावि ६ स्वर्ण १ रजतसहित चौथो र वडा नम्बर ९ स्थित बाघभैरव मावि ३ रजतसहित पाँचौ घोषित भएको छ।

प्रतियोगितामा देवकी माविबाट सबैभन्दा बढी विद्यार्थीहरुलाई सहभागी गराएका छन् । देवकी माविबाट छात्रा ४९ र छात्र ५२ गरि १ सय १ जना, सुर्य माविबाट छात्र ३३ र छात्रा ३० गरि ६३ जना, जनता माविबाट ४२ छात्र र छात्रा २० गरि ६२ जना, बागमती माविबाट २४ छात्र र ३१ छात्रा ५५ जना र बाघभैरव ३१ छात्र र १३ जना गरि ४४ जना सहभागी भएका थिए।

प्रतियोगितामा ह्याटि्रक गर्न सफल देवकी माविका प्रविन राई उत्कृष्ट छात्र खेलाडी घोषित भए। उनले देवकीका लागि १ सय मिटर दौड, २ सय मिटर दौड र लङजम्प गरि व्यक्तिगत ३ स्वर्ण दिलाए। यस्तौ सुर्य माविकी सविता मोक्तान ४ सय मिटर, ८ सय दौड र हाई जम्पमा गरि ३ स्वर्ण जित्दै उत्कृष्ट छात्रा खेलाडी घोषित भए।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङ्को सभाध्यक्ष तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, ३ नम्बर का वडाध्यक्ष एवम् सामाजिक विकास संयोजक कमान सिंह पाख्रिन, ४ नम्बरका वडाध्यक्ष दन्तलाल माझी, ५ नम्बरका वडाध्यक्ष विजय कुमार भोलन, शिक्षा शाखा प्रमुख प्रकाश चन्द, मकवानपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, फुटबल प्रशिक्षक मेघराज केसि र बागमती खेलकुद विकास समितिका उपाध्यक्ष वीर बहादुर थिङ ‘मुक्ति’ लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.