हेटौंडा: राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेश स्तरीय तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशन महासंघकी सचिव देवी माया लिम्बु देवानको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष ङिमि शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अधिवेशनबाट देवी माया लिम्बु देवानको नेतृत्वमा ९ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । निर्वाचन प्रक्रिया अधिवक्ता कौशिला राईको नेतृत्वमा गठित निर्वाचन मण्डलद्वारा सम्पन्न गरिएको थियो ।
नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा देवी माया लिम्बु देवान चयन भएकी छन् । उपाध्यक्षमा जानकी कुमारी चौधरी, सचिवमा प्रतिक्षा माझी, सह–सचिवमा सान माया गुरुङ तथा कोषाध्यक्षमा राधा कारन्जीत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा मैना दनुवार, बिना बोटे, मन्जु शेर्पा र राम कुमारी थामी चयन भएका छन् ।
अधिवेशनले आदिवासी महिलाको हक–अधिकार संरक्षण, सामाजिक सशक्तिकरण र संगठन विस्तारलाई प्राथमिकता दिने निर्णय गरेको आयोजकले जनाएको छ । कार्यक्रम महासंघ केन्द्रका कार्यक्रम अधिकृत हिरा तामाङको संयोजनमा भएको हो । अधिवेशन सम्पन्न भएसँगै नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराइ प्रमाणपत्रसमेत वितरण गरिएको छ।





















