मकवानपुर: हेटौंडा उपमहानगरपालिका–१ पिपलबोटस्थित मकवानपुर उद्योग वाणिज्य संघ अगाडि रहेको एक घर भत्काउने क्रममा तीन जना कामदार घाइते भएका छन्।
घाइते हुनेहरूमा मकवानपुरका एक जना र २ जना उदयपुरका रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर आइतबार दिउँसो ३ः५० बजेको समयमा विकी जैसवालले आफ्नो घर भत्काउन लगाएका ३ जना कामदार घाइते भएका हुन् । भत्काउने क्रममा अचानक घरको भाग भत्किँदा मकवानपुरगढी गाउँपालिका–१, रानीसेराका २२ वर्षीय सन्तोष भ्लोन, उदयपुरको गाईघाट नगरपालिका–९ का २६ वर्षीय दिनेश चौधरी र उदयपुरकै बेलका नगरपालिका–१ का ३० वर्षीय अरुण चौधरी घाइते भएका हुन् । घाइते भोलनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जनाएको छ। उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। यस्तै अर्का घाइते चौधरीको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जनाएको छ। उनको पनि मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।
अरुण चौधरीको पनि शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जनाएको छ। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई प्रहरी र स्थानीयहरुले उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको हो। यस अघि मंसिर २० गते हेटौंडाको सडक विस्तार क्रममा भत्काइएका केही घरहरु पछि आफैले भत्काउने क्रममा भत्काउने क्रममा कामदारहरु घाइते भइरहेका छन् ।





















