हेटौंडामा भत्किएको घर सफा गर्ने क्रममा पुरुष घाइते

मकवानपुर: हेटौंडा उपमहानगरपालिका–१ उद्योग वाणिज्य संघ अगाडि सडक विस्तारको क्रममा भत्काइएको घर सफा गर्ने क्रममा एक जना कामदार घाइते भएका छन्।

बुधबार बिहान करिब ७:५० बजे दुई तला माथिको ढलान अकस्मात तल खस्दा रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहा घर भई हाल हेटौंडा–१० बुद्धचोकमा डेरा गरी बस्ने १९ वर्षीय जितेन्द्र माझी घाइते भएका हुन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते माझीलाई हेटौंडा अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.