बागमती-१ मा ‘साक्षरता तथा मानव बेचबिखन रोकथाममार्फत समुदाय सुदृढीकरण’ सम्बन्धी कार्यक्रम सम्पन्न

बागमती: मकवानपुरको बागमती गाउँपालिका-१ मा ‘साक्षरता तथा मानव बेचबिखन रोकथाममार्फत समुदाय सुदृढीकरण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार रूपान्तरण नेपालका लागि प्रयास नामक गैरसरकारी संस्थाको आयोजनामा वडा नम्बर १ को कार्यालयमा कार्यक्रम भएको हो।

वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष हस्तबहादुर थिङको सभाध्यक्षतामा तथा बागमती गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष कमानसिं पाख्रिनको प्रमुख आतिथ्यता, शिक्षा शाखाका प्रतिनिधि प्रमोद राई लगायत स्थानीय सरोकारवालाको उपस्थितिमा कार्यक्रम भएको हो।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक विमला श्रेष्ठले संस्थाले बागमती गाउँपालिकामा दुई वर्षसम्म सञ्चालन गर्न लागेको कार्यक्रमको विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। उहाँका अनुसार चालु वर्षमा साक्षरता शिक्षाका कक्षाहरू वडा नम्बर १ मा एक स्थान, वडा नम्बर २ मा पाँच स्थान, र वडा नम्बर ३ मा दुई स्थान गरी जम्मा आठ स्थानमा एक वर्षका लागि नियमित रूपमा सञ्चालन गरिँदैछ।श्रेष्ठका अनुसार साक्षरता कक्षा सञ्चालनका लागि आठ जना शिक्षकलाई तालिम पूरा गराइएकाे छ। अभिमुखीकरण कार्यक्रममा सहभागी शिक्षकहरूलाई किताब, शैक्षिक सामग्री तथा स्टेशनरी समेत वितरण गरिएको थियो।

यस्तै, उहाँले आगामी वर्ष मानव बेचबिखन रोकथाम तथा समुदाय सुदृढीकरण कार्यक्रम गाउँपालिकासँग सहकार्य गरी विभिन्न वडामा विस्तारपूर्वक सञ्चालन गरिने जानकारी पनि दिनुभयो।

स्थानीय तह, समुदाय र संस्थाबीचको सहकार्यमा आधारित उक्त कार्यक्रममार्फत समुदायमा साक्षरता वृद्धि, जोखिम न्यूनिकरण तथा सामाजिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.