मकवानपुर: हेटौंडा उपमहानगरपालिका–६ मा चोरी गरेको भन्दै एक पुरुषलाई गरेका छन् । पक्राउ पर्नेमा बागमती गाउँपालिका–८ साततल्लेका ३९ वर्षीयका दिल बहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कार्तिक २ गते राति करिब ८:२० बजे अर्जुन कुमार श्रेष्ठको घरमा कोही नभएको मौका छोप्दै चोरी गर्दै गरेको अवस्थामा स्याङतानलाई स्थानीयको समन्वयमा प्रहरी चौकी चौघडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
उनले बा.प्र.०२–००७ प ६५१६ नम्बरको एनएस मोटरसाइकलमा आएर घरको ढोकाको लक फुटाएर भित्र पस्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जनाएको छ।
पक्राउ परेका स्याङतानलाई जिल्ला अदालत मकवानपुरबाट चोरी तथा डाँका कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्





















