खैरो हिरोईनसहित बकैयाका थोकर पक्राउ

हेटौंडा: हेटौंडा उपमहानगरपालिका–१८, ठुलोदमार स्याउलीबजारस्थित धरान–चतरा सडकखण्डबाट लागुऔषध खैरो हिरोईनसहित एक जना पुरुष पक्राउ परेको छ। पक्राउ पर्ने बकैया गाउँपालिका–४, छतिवनका ३९ वर्षीय सोमबहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कार्तिक २ गते दिउँसो ४ बजे उक्त स्थानमा बागमती प्रदेश ०३–००५ प ३१०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा थोकरको साथबाट खैरो हिरोइन ४ ग्राम ९४० मिलिग्राम धुलो फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका थोकरको साथबाट फेला परेको उक्त लागुऔषध तथा मोटरसाइकल समेत बरामद गरी नियन्त्रणमा लिइएको छ। उनलाई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिई लागुऔषध (नियन्त्रण) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.