बागमतीमा १ सय ४ घरपरिवारलाई लालपुर्जा वितरण

बागमती: मकवानपुरको बागमती गाउँपालिकाका १ सय ४ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ। बिहीवार वडा नम्बर १ र २ र बुधबार वडा नम्बर ६ मा पुर्जा वितरण गरिएको हो।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानका अनुसार पालिकाले तेस्रो चरणमा १ सय ४ जना भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई पुर्जा वितरण गरिएको छ।

उहाँका अनुसार बिहीवार बागमती-१ का ४४ जना, २ नम्बरका ३० जना र बुधबार ६ नम्बरका २८ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो। उहाँका अनुसार बागमतीको ९ नम्बर वडाबाहेक सबै वडामा नापी कार्य सकिसकेको छ भने ९ नम्बरको पनि अन्तिम चरणमा छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.