मकवानपुर: मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट ८ हजार ३०० क्याप्सुल ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।
आज कात्तिक २७ गते बिहान करिब १० बजे सानोपोखरामा लागूपदार्थको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले बताउनुभयो ।
पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङतान, हेटौडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौडा–४ का २० वर्षीय निशान कोईराला, हेटौडा–२२ का ३५ वर्षीय राजिब लामा र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश संजेल रहेका छन्।

प्रहरीले उनीहरूलाई बसिरहेको स्थानमा खानतलासी गर्दा खाली जग्गामा लुकाइ–छिपाई राखिएको अवस्थामा प्रतिबन्धित ट्रामाडोल ८३०० क्याप्सुल, साथै ना.३२प ३२४४ र बा.प्रदेश ००५प १८५ नम्बरका दुई मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि लागूऔषध (ला.औ.) नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















