हात्तीसुँडेमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

बकैया: मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुँडेमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ७१ वर्षीय खडकबहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मंगलबार साँझ ५:५० बजेतिर हेटौंडाबाट बकैया हुँदै गइरहेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई घलानलाई ठक्कर दिदा गम्भीर घाइते भएका थिए।

घलानलाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल पठाइएकोमा उपचारको क्रममा राति करिब ७:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकल चालक बकैया-७ का २५ वर्षीय देवराज विक र पछाडि सवार बागमती गाउँपालिका-६ का २० वर्षीय देवराज धानुकी पनि सामान्य घाइते भएका थिए। उनीहरू स्थानीय हात्तिसुडे मेडिकलमा उपचारपछि डिस्चार्ज भएको र अहिले प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.