मकवानपुर: मकवानपुर प्रहरीले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडाका एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ का ४६ वर्षीय ऋषि के.बी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पीडित पक्षले दिएको जाहेरीका आधारमा के.बीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका के.बीलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले महिलाहरू तथा नाबालिकाहरू डर र त्रासका कारणले जबरजस्ती करणीजस्ता जघन्य अपराधबाट पीडित भए पनि सूचना दिन नसकेका अवस्थाहरूमा कुनै पनि माध्यममार्फत गोप्य रूपमा सूचना दिन आग्रह गरेको छ
प्रतिकृया दिनुहोस्





















