बागमती-३ र ४ वडास्तरिय फुटबल प्रतियोगिताको फाइनलमा

बागमती: मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ स्थित लामिटारमा जारी वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ। सोमबार सेमिफाइनलका दुवै खेल सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो।

सोमबार भएको सेमिफाइनलमा जीत निकाल्दै वडा नम्बर ३ र ४ को `ए´ टिम प्रतियोगिताको फाइनलमा प्रवेश गरेको बागमती-७ का वडाध्यक्ष उत्तर बहादुर भोलनले जानकारी दिनुभयो। सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक ७ नम्बरको `बी´ टिमलाई ६-० फराकिलो गोलअन्तरले हराउँदै ४ नम्बर फाइनलमा प्रवेश गरेको हो भने वडा नम्बर ६ को टिमलाई ३-१ गोलले हराउँदै ३ नम्बर फाइनलमा प्रवेश गरेको हो। फाइनल प्रवेश गरेको ३ नम्बर र ४ को `ए´ टिम बीच मंगलबार दिउँसो २ बजे उपाधीका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.