मकवानपुर: मकवानपुर प्रहरीले हेटौंडा बजारको विभिन्न स्थानहरूबाट मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधनका चालकहरुलाई नियन्त्रणमा लिएका छन्।
कार्तिक ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले सञ्चालन गरेको विशेष चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरेको पुष्टि भएका चालकहरूका एक अटो र २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । उक्त अटो र मोटरसाइकल चालकहरुलाई नियन्त्रण गरी आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको प्रहरीले जनाएको छ।
चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना हुने गरेको छ।
प्रतिकृया दिनुहोस्






















