बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी प्रथम झुरझुरे युथ फुटबल प्रतियोगिताको फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको छ। मंगलबार दुवै सेमिफाइनलको खेल सम्पन्न भएसँगै उपाधीका लागि भिड्ने टोलीको टुङ्गो लागेको हो।

मंगलबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा हरिहरपुरगढीको टिमलाई ३-१ गोलले हराउँदै बागमती-४ स्थित मुनस्टार युवा क्लब प्रतियोगिताको फाइनल प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनलमा आयोजक झुरझुरे युथ क्लबलाई १-० गोलले हराउँदै बागमती-५ स्थित ग्रामीण बहुउद्देश्यीय समाज ज्यामिरे फाइनलमा प्रवेश गरेको हो। अब उपाधीका लागि बुधबार दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहोस्





















