प्रथम झुरझुरे युथ फुटबल प्रतियोगिता सुरु: रेडस्टारलाई हराउँदै आयोजक `ए´को विजयी सुरुवात

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा प्रथम झुरझुरे युथ फुटबल प्रतियोगिता सुरु भएको छ। झुरझुरे युथको आयोजनामा सुरु प्रतियोगिताको बिहीवार बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले उद्घाटन गर्नुभयो।

बागमती-४ स्थित सहिद स्मृति रंगशालामा सुरु प्रतियोगितामा आयोजक `ए´ ले विजयी सुरुवात गरेको छ। आयोजकले वडा नम्बर ५ स्थित रेडस्टार युवा क्लबलाई २-० गोलले हराएको हो। आयोजकका लागि सुवास थिङ र आयुश बज्युले एक-एक गोल गरे।

प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा बिहान ७:३० बजे च्याउच्याउ बकैया-९ र आयोजक `बी´ बीच, दिउँसो १ बजे बागमती-१ र जुटपानी युवा क्लब तथा दिउँसो ३ बजे बगेरी युवा क्लब र हरिहरपुरगढी गाउँपालिका बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल कार्तिक ५ गते हुनेछ। प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका संयोजक सुदर्शन घिसिङको सभाध्यक्ष तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती-४ का वडाध्यक्ष दन्तलाल माझी, ५ नम्बरका वडाध्यक्ष विजय कुमार भोलन, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, उपाध्यक्ष मुक्ति लामा र बागमती गाउँपालिकाका फुटबल प्रशिक्षक मेघराज केसी लगायतको आतिथ्यता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.