बकैया: मकवानपुरको बकैया गाउँपालिका-४, गरगरेस्थित एकीकृत कृषक बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष उद्घव प्रसाद सापकोटाको सभाध्यक्षता तथा बकैया गाउपालिकाका अध्यक्ष धर्मराज लामिछनेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष सापकोटाले गर्नु भएको थियो भने नीति तथा कार्यक्रमको प्रतिवेदन गोवर्दन गौतमले, वार्षिक कार्ययोजना तथा बजेट संचालक समितिका कोषाध्यक्ष शिव प्रसाद दाहालले गर्नु भयो । लेखा सुपरिवेक्षणसमितिका संयोजक नवराज चौलागाईं र ऋण उपसमिती संयोजक रामहरी गौतमले पनि प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
४ सय ६२ जना शेयर सदस्य रहेको संस्थाको शेतर पुँजी ६६ लाख ७७ हजार ७ सय रुपैयाँ छ। संस्थाले वार्षिकोत्सबको अवसरमा सबैभन्दा बढी दुध विक्री गर्ने यगुराज कार्कीलाई १० हजारसहित, दोस्रो बढी विक्री गर्ने ढकाल बहादुर सन्जेललाई ८ हजार र तेस्रो बढी विक्री गर्ने सेर्पिनी तामाङलाई ६ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ। संस्थाले उत्कृष्ट बचतकर्ताको रुपमा रामहरी गौतम, असल ऋणिको रुपमा हर्क बहादुर माझी र सबैभन्दा बढी शेयरकर्ताको रुपमा इन्द्रकुमारी सापकोटालाई सम्मान गरिएको छ।
संस्थाले चालू अर्थिक वर्षमा शेयर सदस्यहरुलाई विमा गर्ने र भैसिको दूध उतपादन गर्ने किसानहरुलाई प्रती लिट १ रुपैया थप गर्ने भएको छ। कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीसहित विभिन्न पार्टी प्रतिनिधि र संघसस्थाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।





















