मकवानपुरमा ३४ लाख बराबरको भन्सार छलि सामान बरामद

मकवानपुर: मकवानपुर प्रहरीले भन्सार छलेर अवैध रुपमा ल्याइएको कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थहरू बरामद गरेको छ। शुक्रबार बिहान ४:१० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१५ रातोमाटेबाट ३४ लाख बराबरको उक्त सामानहरु बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडि पूर्व–पश्चिम राजमार्गमा बिरगंजबाट हेटौंडातर्फ आइरहेको मधेश प्रदेश ०३–००१च ९०२३ नम्बरको योद्धा गाडी जाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।गाडी चालक रौतहट बृन्दाबन नगरपालिका–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र सवारीमा सँगै रहेका गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले गाडीको पछाडिको ढालभित्र लुकाएर ल्याइएका साडी १३० थान, कुर्ता ६९६ थान, टप्स १७५ थान गरी जम्मा १,००१ थान कपडा फेला पारेको जनाएको छ। त्यि कपडाको बजार मूल्य करिब १४ लाख रुपैयाँ रहेको अनुमान छ।

त्यसैगरी, सोही गाडीमा लुकाइएका प्रतिबन्धित पटकाजन्य झिरझिरे लगायतका पदार्थहरू समेत फेला परेका छन्, जसको मूल्य करिब २० लाख रुपैयाँ बराबरको रहेको बताइएको छ।

बरामद गरिएका सामान र पक्राउ परेका दुवै व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.