मकवानपुर: बागमती गाउँपालिका वडा नम्बर ५ निवासी ३६ वर्षीय विश्वास माझीको निधन भएको छ। उहाँको आज काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
स्वर्गीय माझी, गोपाल माझि र झुमा माझिका माइलो छोरा हुन्। उहाँले २०६७ सालमा सशस्त्र प्रहरी बलमा प्रवेश गर्नुभएको थियो र पछिल्ला वर्षहरूमा २८ नम्बर गण, कपिलवस्तु जिल्लामा कार्यरत रहनुभएको थियो।
देश सेवामा समर्पित माझीको असामयिक निधनले परिवार, आफन्तजन, सहकर्मी तथा समुदायमा गहिरो शोक छाएको छ। उहाँका एक छोरा र एक छोरी रहेका छन्।
प्रतिकृया दिनुहोस्






















