बाढी पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ६१ पुग्यो

मकवानपुर: गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको देशभर मृत्यु हुनेको संख्या सोमबारसम्ममा ६१ पुगेको छ ।

२० पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.