हेटौंडा–भैसे हुँदै काठमाडौं जाने सडकमा राती आवतजावत गर्न रोक

मकवानपुर: हेटौंडा–भैसेहुँदै काठमाडौं जाने सडक खण्डमा सवारी साधनहरुलाई राती आवागमनमा रोक लगाएको छ। सोमबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यकबाहेकका सवारी साधनहरुलाई राती आवतजावतमा रोक लगाएको हो ।

असोज १७ र १८ गतेको भारी वर्षापछि सडकका अवस्थालाई मध्यनजर गर्दै रातीको समयमा सवारी साधन आवतजावत रोक लगाएको हो। सोमबार असोज २० गतेदेखि अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधनको आवतजावतमा रोक लगाउने निर्णय गरेको छ।
उच्च सतर्कता र सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.