मकवानपुर: बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा सुख्खा पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज (आइतबार) बिहान करिब ११:३० बजेतिर सुख्खा पहिरो खस्दा सडक आवागमन ठप्प भएको अस्थायी प्रहरी पोष्ट जितपुरले जनाएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी प्रमुख सुरेन्द्र दराईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर सडक विभागसँग समन्वय गरी सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्





















