आइतबार सार्वजनिक बिदा दिने तयारी 

मकवानपुर: सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ। लगातारको वर्षा र मनसुनजन्य विपद्‌का कारण लामो दूरीका यातायात सेवा तीन दिनका लागि बन्द गर्ने निर्णयसँगै मन्त्रालयले बिदा दिने तयारी गरेको हो ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार देशका विभिन्न स्थानमा निरन्तर परेको वर्षाले सडक अवरुद्ध भई आवागमनमा समस्या भएकाले आकस्मिक रुपमा बिदा दिने निर्णय तयारी भइरहेको हो।

यसअघि पनि प्राकृतिक विपद्का कारण सरकारले विभिन्न अवसरमा आकस्मिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.