मकवानपुर: मकवानपुरमा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छन्। बकैया गाउँपालिका–६ सिरवान बस्ने करिब ७० वर्षीया कान्छीमाया थिङ छोरीको घर बारा जिल्लाको निजगढ नगरपालिका–१२ रामथलीबाट आफ्नो घरतर्फ जाने क्रममा बेपत्ता भएकी थिइन्।
उहाँ असोज ११ गते दिउँसो करिब ४ बजे हिँडेकी भए पनि घरमा नपुगेपछि आफन्तहरूले खोजतलास शुरु गरेका थिए। आज दिउँसो करिब १:३० बजेघरदेखि करिब ५०० मिटर पश्चिमतर्फ रहेको सिरवान जंगलको गोरेटोबाट करिब ३५ फिट तल लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का सहित प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि हेटौडा अस्पताल पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिकृया दिनुहोस्
























