बागमती: मकवानपुरको बागमती गाउँपालिकामा भोलि शुक्रबारदेखि सामाजिक सुरक्षा भत्ता लिन सक्ने भएको छ।
बिहीवार एक सूचना जारी गर्नुहुँदै बागमती गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत ओम बहादुर दर्जीले सामाजिक सुरक्षा भत्ता वितरणबारे जानकारी गराउनुभयो।
चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक वापतको रकम बैंकमा जम्मा भइसकेको अधिकृत दर्जीले बताउनुभयो । वडा नम्बर १ देखि ५ सम्मका लाभग्राहीलाई झुरझुरेस्थित सानिमा बैंक लिमिटेडको शाखा र बागमती वडा नम्बर ६ देखि ९ सम्मका लाभग्राहीलाई फापरबारीस्थित ज्योति विकास बैंक लिमिटेडको शाखामार्फत वितरण हुनेछ ।
प्रतिकृया दिनुहोस्





















