उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङसँग काङ्ग्रेसका युवा नेता थिङको भेट

मकवानपुर:नेपाली काँग्रेस बकैयाका युवा नेता विजय लामा थिङ र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच भेटघाट भएको छ।

सोमबार विशेष कामका सिलसिलामा अध्यक्ष घिसिङसँग भेटघाट भएको युवा नेता थिङले बताएका छन्। गत चैतमा बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको घटनामा परिवारले नेपाल विद्युत् प्राधिकरणबाट पाउनुपर्ने क्षतिपूर्ति रकम अझै प्राप्त गर्न नसकेको विषयमा भेटका क्रममा छलफल भएको हो।

उक्त क्षतिपूर्ति रकम पीडित परिवारलाई छिटो उपलब्ध गराउन आवश्यक पहल गर्ने अध्यक्ष घिसिङले बताएको थिङले जानकारी दिएका छन्। व्यक्तिगत रुपमा नजिक भएकाले घिसिङसँग फोनभेटवार्ता भने हुँदैआइरहेको थिङको भनाई छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.