मकवानपुर: मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बुधबार बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले बिहान ९ः२० बजे परीक्षण गर्दा तीन जनालाई मृत घोषणा गरेका हुन्। मृतकहरु २ महिला र एक पुरुष छन् ।
अन्य सात जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्





















