बागमती गोल्डकप मंसिरमा, विजेताले १० लाख पाउने

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा आगामी मंसिरमा नवौं राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा मंसिर ८ गतेदेखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने खेलकुद विकास समिति अध्यक्ष एवम् प्रतियोगिता संयोजक रहर सिं थिङले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा ६ ए डिभिजन क्लब र ४ मोफसलका गरी १० टोलीको सहभागिता रहनेछ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले फुटबल खेलको विकास, विस्तार र व्यवसायीकरणलाई प्रोत्साहन गर्नुका साथै प्रतिभाशाली खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए। गाउँपालिकाले ग्रासरुट तहदेखि नै फुटबलको विकास गर्न आफ्नै लगानीमा फुटबल एकेडेमी सञ्चालन गर्नुका साथै व्यवस्थित प्याराफिट निर्माण गरेको अध्यक्ष घलानले बताए।

बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीले १ लाख ११ हजार १११ रुपैयाँ, विधागततर्फ उत्कृष्ट पाँच खेलाडीले जनही २५ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.