मकवानपुर: उज्यालो नेपाल पार्टी (उनेपा) मकवानपुरका अध्यक्ष सुरेन्द्र लामाले जिल्लाका सबै स्थानीय तहका विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूसँग भेटघाट र संवाद गर्ने बताएका छन्।
इन्जिनियरसमेत रहनुभएका अध्यक्ष लामाले स्थानीय आवश्यकता, सम्भावना र विकासका प्राथमिकताबारे विज्ञ तथा अनुभवी व्यक्तिहरूको ज्ञान, अनुभव र सुझाव लिन चाहेको बताएका हुन्।
लामाले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूलाई टिप्पणी, सेयर वा इनबक्समार्फत जोडिन आग्रह गरेका छन्।
स्थानीय तहको विकास र जनआवश्यकतासँग सम्बन्धित विषयमा विज्ञहरूको सुझाव र अनुभवलाई समेट्ने उद्देश्यले संवाद गर्न चाहेको उनको भनाइ छ।
प्रतिकृया दिनुहोस्





















