जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न: आयोजक बागमती ‘ए’ टिम च्याम्पियन

बागमती: मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजक बागमती गाउँपालिका ‘ए’ ले जितेको छ।

बागमती गाउँपालिकाको मुख्य प्रायोजन, बागमती खेलकुद विकास समितिको आयोजनामा तथा मकवानपुर जिल्ला तेक्वान्दो संघको समन्वयमा आयोजित प्रतियोगिताको उपाधि आयोजकले जितेको हो।

प्रतिस्पर्धामा आयोजक ‘ए’ टिम ५ स्वर्ण, २ रजत र ६ कास्य पदकसहित प्रथम हुँदै नगद २५ हजार रुपैयाँसहित शिल्ड जित्न सफल भयो।

त्यसैगरी मकवानपुर डोजाङ ५ स्वर्ण र २ कास्य पदकसहित द्वितीय स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँ प्राप्त गर्‍यो भने सिद्धार्थ डोजाङ ५ स्वर्ण पदकसहित तृतीय हुँदै नगद १५ हजार रुपैयाँसहित ट्रफी हात पार्यो।

प्रतियोगितामा मकवानपुर डोजाङका राजिव सन्जेल सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित हुँदै नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

यस्तै आयोजक ‘ए’ की दिपसिका घलान सर्वोत्कृष्ट महिला खेलाडी घोषित भई नगद ३ हजार रुपैयाँ प्राप्त गरिन्।

शनिबारदेखि सुर प्रतियोगितामा जिल्लाभित्रका १४ वटा डोजाङबाट करिब १५० जना खेलाडीहरूको सहभागिता रहेको थियो।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्षता तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, प्रवत्ता कमान सिं पाख्रीन र मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी बज्राचार्य लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.