बागमती गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि ७३ करोड २० लाख बजेट प्रस्ताव

बागमती: मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लागि नीति कार्यक्रम तथा बजेट ल्याएको छ। शुक्रबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा भएको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष फणीन्द्र तिल्सिनाले अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७३ करोड २० लाख ४ हजार रुपैयाँ बजेट ल्याएको छ। सामाजिक विकासतर्फ ३५ करोड २८ लाख ६५ हजार, आर्थिक विकासतर्फ ६ करोड ५ लाख, पुर्वधार विकासतर्फ १६ करोड १९ लाख, सुशासन तथा अन्तर सम्बन्धिततर्फ ३० करोड ९० लाख र कार्यालय प्रशासनिक खर्चतर्फ १२ करोड ५७ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।

गाउँपालिकाले बजेटमा शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य, पुर्वधार तथा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ। गाउँपालिकाले बागमती फुटबल एकेडेमी संचालन तथा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ, राष्ट्रिय बागमती गोल्डकपको लागि ४० लाख रुपैयाँसहित शिक्षा, युवा तथा खेलकुदमा ५ करोड १० लाख बजेट ल्याउने भएको छ।यस्तै किसानहरुले उत्पादन गरेको दुधमा प्रतिलिटर बढीमा ५ रुपैयाँको दरले अनुदान उपलब्ध गराउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरेको छ। यस्तै गाउँपालिका निर्माण सम्पन्न भएको १५ शैयाको हस्पिटल संचालन एवम् व्यवस्थापनका लागि ७५ लाख बजेट प्रस्तुत गरिएको छ।आगामी आर्थिक वर्षको लागि चालू खर्च ४७ करोड २९ लाख ४ हजार र पुँजीगत खर्च २५ करोड २९ लाख प्रस्ताव गरिएको छ।

गाउँसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.