हेटौैंडा १८ हर्नामाडीमा समुदायमा सरकारी वकील एक दिवसीय अर्न्तक्रिया

बैशाख २७ गते, हेटौंडा/ हेटौंडा उपहानगरपालिका वडा नं.१८ हर्नामाडीमा समुदायमा सरकारी वकील एक दिवसीय अर्न्तक्रिया कार्यक्रम आज आइतबार सम्पन्न भएको छ । सरकारी वकील कार्यालय मकवानपुरको आयोजना एवं हेटौंडा १८ नं. वडा कार्यालयको समन्वयमा कार्यक्रम भएको हो ।

१८ नं. वडाका वडा अध्यक्ष अनिल कुमार बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेषत समुदायलाई कसरी सरकारी वकीलको पहुँचसम्म पुर्‍याउने? के-कस्ता मुद्दा हेर्ने? साथै अनुसन्धानका प्रक्रियामा पीडितको पक्षबाट गरिनुपर्ने सहयोग लगायत विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सरकारी वकील कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता देवेन्द्र आचार्यले निर्माणको पृष्ठभुमिदेखि न्याय सम्पादनमा सरकारी वकीलले गर्ने काम, कर्तव्य र भूमिकाकाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँका अनुसार सरकारी वकीलले सरकारबादी हुने मुद्धाको अनुसन्धानलाई सही निर्देशन गर्ने,जिल्लास्थित सरकारी कार्यालयका पदाधिकारीहरुलाई कानूनी राय सल्लाह दिने, कसुरदारलाई कानून बमोजिम हुने सजायको मागदाबी लिई अदालतमा अभियोगपत्र दर्ता गराउने, अन्यायमा परेका अपराध पीडितको राहत तथा क्षतिपूर्तिको दाबी लिई सम्बन्धित अदातलमा मुद्धा चलाउने वा थुनामा रहेका अभियुक्तको मानव अधिकारको संरक्षणको अनुगमन गर्नुका साथै मुद्धामा पुनरावेदन गर्ने नगर्ने लगायत विषय हेरिने गरेको पनि जानकारी दिनुभयो । साथै उहाँले पीडितको पक्षमा निशुल्क रुपमा अदालतमा बहस पैरबी गरिरहेको र सक्दो प्रमाण जुटाउन सहयोग गरिदिएको खण्डमा मुद्धाको फैसला समयमै हुने पनि बताउनुभयो ।

जिल्ला न्यायधिवक्ता आर्चायले देशैभर जिल्ला सरकारी वकीलको कार्यालय, विशेष सरकारी वकीलको कार्यालय, उच्च सरकारी कार्यालय वकीलको कार्यालय र महान्यायधिवक्ता कार्यालय गरी ९७ वटा सरकारी वकीलको कार्यालय रहेको र मुद्धा प्रकृति अनुसार ती कार्यालयले कार्य गर्ने पनि जानकारी दिनुभयो । उहाँले जिल्लाको हकमा चालु आर्थिक वर्षमा ६ सय वटा मुद्धाहरु हेरिएको समेत बताउनुभयो । विशेषत : सरकारी वकीलको कार्यालयले फौजदारी मुद्धा हेर्ने गरिएको र आवश्यक परेको खण्डमा देवानी मुद्धामा सहयोग गरिने गरेको पनि बताउनुभयो ।

सहायक न्यायधिवक्ता आयुशा जोशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा साना किसान कृषि सहकारी संस्था हर्नामाडीका अध्यक्ष रेखा खतिवडा, ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडा,ज्योति माविका प्रधानाध्यापक पूर्णचन्द्र काफ्‌ले, मकवानपुर बालविद्या सदनका प्रिन्सिपल सुदिपराज गिरी, गोरक्षनाथ माविका शिक्षक मीना श्रेष्ठ, लोटस एकेडेमीका सञ्चालकद्धय दिनेश फुयाँल र विनिता हुमागाँई, रामधुनी टोल विकास संस्थाका अध्यक्ष रमेश कुमार सिलवाल, ठूलोदमार टोल विकास संस्थाका अध्यक्ष कुमार महत तथा सचिव अनिल गोपाली, सल्लाघारी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर सिलवाल तथा सचिव बरुण खतिवडा, कमला आधारभूत विद्यालयका शिक्षक बद्री बानियाँ लगायतको विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.