आज मकवानपुरको बकैया र बागमतीमा विद्युत सेवा अवरुद्ध हुने

मकवानपुर: नेपाल विद्युत प्राधिकरण अन्तर्गत हेटौंडा वितरण केन्द्रले आज बैशाख २० गते बकैया गाउँपालिका र बागमती गाउँपालिका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

छतिवन (३३/११ केभी) सब–स्टेसनबाट प्रसारण हुने छतिवन र फापरबारी फिडरमा मर्मत सम्भार र ११ केभी लाइन मिलाउने भएपछि लाइन अवरुद्ध हुने भएको हो।

आज बागमती गाउँपालिकाका सम्पुर्ण वडा र बकैया गाउँपालिकाका वडा नम्बर ३, ४, ८, ९, ११ र १२ वडाहरूमा विद्युत सेवा प्रभावित हुने भएको छ। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म लाइन बन्द गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत सेवा छिट्टै सुचारु गरिने जनाएको छ। यसबाट पर्न जाने असुविधाप्रति हेटौंडा वितरण केन्द्रले क्षमायाचना समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.