तेस्रो बकैयास्तरिय भलिबल प्रतियोगिता आयोजना हुँदै

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकामा तेस्रो संस्करणको पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङका अनुसार आगामी जेठमा प्रतियोगिता आयोजना गर्ने तयारी भएको हो।

संयोजक थिङका अनुसार जेठ ९ र १० गते प्रतियोगिता आयोजना गर्ने तयारी छ। यसअघि दुवै संस्करण वडा नम्बर ४ ले जितेको थियो। ४ नम्बरले पहिलो संस्करणमा ७ नम्बरलाई र दोस्रो संस्करणमा ८ नम्बरलाई पराजित गर्दै विजेता बनेको थियो। प्रतियोगिताबारे केही दिनमा जानकारी गराइने संयोजक लामाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.