मकवानपुर: सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको हो ।
त्यस्तै, सबै सरकारी कार्यालयमा कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म कायम गरेको छ ।
पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएकाे सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

























