बागमती: मकवानपुरको बागमती गाउँपालिका-५ स्थित देवकी माविको प्रधानाध्यापकमा नवराज उप्रेती नियुक्त हुनुभएको छ। सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले उप्रेतीलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो।

वर्तमान प्रधानाध्यापक चन्द्र थापा मगरले फाल्गुन ११ गते राजीनामा दिएपछि विद्यालय प्रधानाध्यापकविहिन थियो। उप्रेतीले सोमबारबाटै जिम्मेवारी सम्हाल्नुभएको छ। २०७२ फाल्गुन १० गतेदेखि देवकी माविमा अध्यापन गराउँदै आउनुभएका उप्रेती मावि अङ्ग्रेजी राहत शिक्षक हुनुहुन्छ। आफुले १० वर्ष विद्यालयको अवस्था र वातावरण बुझेको बताउनुहुँदै उप्रेतीले आफ्नो जिम्मेवारी पूरा गर्न तयार रहेको बताउनुभयो ।
निवर्तमान प्रधानाध्यापक थापाले आफुले स्वेच्छिक रुपमा राजीनामा दिएको बताउनुभयो । अब सेवाबाट अवकास लिन धेरै समय नरहेको बेला नयाँ जोश भएकाहरुले चलाएर राम्रो हुने उहाँको भनाई छ। आफ्नो कार्यकालमा सकेको काममा गरेको र वर्तमान प्रधानाध्यापकलाई भरपुर सहयोग गर्ने बताउनुभयो ।

























