प्रथम ५ नम्बर वडास्तरिय फुटबल प्रतियोगिता: २ नम्बर सेमिफाइनल प्रवेश

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी प्रथम ५ नम्बर वडास्तरिय फुटबल प्रतियोगितामा २ नम्बर वडा सेमिफाइनल प्रवेश गरेको छ। सोमबार कटुसपानी/हिलेपानी मैदान भएको खेलमा वडा नम्बर ८ लाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै २ नम्बर सेमिफाइनल प्रवेश गरेको हो।

निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। खेलको म्यान अफ द म्याच २ नम्बरका रोशन सेन्चुरी घोषित भए।

आइतबार भएको पहिलो सेमिफाइनलमा आयोजक `सी´ ले ७ नम्बरको टिमलाई ३-१ गोलले हराएको छ । खेलको म्यान अफ द म्याच कृष्ण रुम्बा घोषित भए।

यस्तै दोस्रो खेलमा वडा नम्बर ४ को `ए´ टिमलाई १ नम्बरको टिमले टाइब्रेकरमा ४-२ गोलले हराएको छ। खेलको म्यान अफ द म्याच १ नम्बरका गोलरक्षक सलिन लामा घोषित भए।

प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा बिहान ८ बजे वडा नम्बर ४ को `बी´ र वडा नम्बर ३ बिच प्रतिस्पर्धा हुनेछ।
भने वडा नम्बर १ र आयोजक `सी´ बिच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.