बकैयामा दोश्रो त्रैमासिक परीक्षा शुरु

बकैया: मकवानपुरको बकैया गाँउपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा आज पौष २ गतेदेखि दोश्रो त्रैमासिक परीक्षा शुरु भएको छ । यसअघि परीक्षा समन्वय समिति मार्फत परीक्षा सञ्चालन भएकोमा यो पटकबाट शैक्षिक समन्वय समिति बकैयाले परीक्षा सञ्चालन गरेको हो ।

विविध कारणले गत असारमा नै परीक्षा समन्वय समिति विघटन भएको थियो भने गत कार्तिक २२ गते बकैयाका प्रधानाध्यापकहरुको भेलाबाट शैक्षिक समन्वय समिति गठन भएको र सोही समिति मार्फत विद्यालयमा हुने विद्यार्थीको परीक्षाहरु सञ्चालन गर्ने र अन्य शैक्षिक गतिविधि समेत गर्ने गरि निर्णय भएअनुसार यो पटकबाट शैक्षिक समन्वय समितिले विद्यालयको परीक्षा सञ्चालन गरेको हो ।

बकैयाका कुल ७६ विद्यालयहरु मध्य ६६ ओटा विद्यालयहरुमा शैक्षिक समन्वय समिति मार्फत परीक्षा सुरु भएको छ भने बाँकी विद्यालयहरुले आफू अनुकुल परीक्षा सञ्चालन गर्दैछन्। शैक्षिक समन्वय समिति मार्फत हुने परीक्षामा मावि १२ , निमावि ९ र अन्य प्रावि विद्यालय गरि कुल ६६ ओटा विद्यालयका ६७११ विद्यार्थीहरु परीक्षामा सामेल हुने कुरा शैक्षिक समन्वय समिति बकैयाका सचिव हरिहर खनालले जानकारी दिनुभयो । ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.