सिक्रेदोभानको पुल वैशाखभित्रै बन्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ मकवानपुरको बागमती गाउँपालिका र काभ्रेको खानीखोला पुग्नुभएको छ । सोमबार उहाँले बागमती गाउँपालिका र खानीखोला गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका विकास निर्माणका योजनाबारे स्थलगत अवलोकन गर्नुभएको छ।

निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाले झुरझुरे–ज्यामिरे जोड्ने पक्की पुल तथा जनमुक्ति मार्गअन्तर्गत पर्ने बागमती–खानिखोला जोड्ने सिग्रेदोभान पक्की पुलको प्रगति बुझेका छन्। निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति गम्भीर चासो व्यक्त गर्दै उहाँले तोकिएको समय भित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन ।

उक्त निरीक्षण कार्यक्रममा बागमती प्रदेशका सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ, स्थानीय जनप्रतिनिधि , स्थानिय तथा भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.