बागमती: युथ क्लब बागमती-८ लाई जर्सी र फुटबल सहयोग प्राप्त भएको छ। शुक्रबार बिहान वाइसीएल बागमती गाउँपालिका कमिटीले क्लबलाई जर्सी र फुटबल हस्तान्तरण गरिएको हो।

वाइसीएल बागमती गाउँपालिका कमिटीका अध्यक्ष आकाश लोप्चन, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, पालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, उपाध्यक्ष मुक्ति लामा, निवर्तमान अध्यक्ष टिकालाल श्रेष्ठ, नेकपा माओवादी बागमती-८ का उपाध्यक्ष करण स्याङ्तन, वाइसीएल बागमतीका उपाध्यक्षहरु बिक्रम लामा र दीपक लामाको उपस्थितिमा जर्सी र फुटबल हस्तान्तरण गरिएको संगठनका सहसचिव किरण घिसिङले बताउनुभयो । संगठनले १६ थान जर्सी तथा संगठनका सहसचिव एवम् फुटबल सहायक प्रशिक्षक किरण घिसिङले २ थान फुटबल सहयोग गर्नुभएको हो।

यसअघि बिहीवार बागमती-४ स्थित पिजी मोबाइल सप्लायर्सका सञ्चालक पुर्ण बहादुर गोलेले आयोजक झुरझुरे युथ क्लबलाई जर्सी प्रदान गर्नुभएको थियो। आफनै गाउँठाउँमा युवाहरुले आयोजना गरेको प्रतियोगितामा युवाहरुलाई प्रोत्साहनका लागि आफुले सकेको सहयोग गरेको गोलेले बताउनुभयो ।

























