मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा भएको इभी गाडी दुर्घटनामा तत्काल कुनै घाइतेको अवस्था गम्भीर नरहेको जनाएको छ। सबै जनाएको उपचार चलिरहेको र घाइतेहरुको अवस्था गम्भीर नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइतेहरुको अहिले बागमती-४ स्थित सान्भी पोलिक्लिनिक र हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। मंगलबार बिहान सिन्धुलीबाट हेटौंडाहुँदै काठमाडौं निस्केको मधेस प्रदेश ००२/००१ ज ००७२ नम्बरको इभी गाडी र ना ५२ प ५५९८ को मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको थियो। इभीमा सवार १३ जनासहित एक जना बाइक चालक पनि ठोकिएर घाइते भएको जनाएको छ।
प्रतिकृया दिनुहोस्

























