काठमाडौं । युवा पुस्ताको विरोध प्रदर्शन ले निम्त्याएको संकटका कारण नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले लगातार तीन दिन सेयर कारोबार बन्द गरेको छ। मंगलबार, बुधबार र बिहीबारसम्म बजार बन्द रह्यो।
नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ मा आधारित भएर कारोबार स्थगित गरेको हो। नियमावलीअनुसार, प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा नियन्त्रणबाहिरको परिस्थिति आउँदा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई निश्चित समयका लागि कारोबार स्थगित गर्न सक्छ।
यस्तै, धितोपत्र सम्बन्धी ऐन २०६३ ले बजारलाई बढीमा ५ दिनसम्म मात्रै बन्द गर्न सकिने व्यवस्था गरेको छ। ऐनको दफा ९० को बुँदा (घ) अनुसार, धितोपत्र बजारसँग परामर्श गरी बोर्डले यस्तो आदेश दिन सक्छ।
प्रतिकृया दिनुहोस्






















