काठमाडौं । चाडपर्वको भीडभाडमा यात्रालाई अझै सुविधाजनक र किफायती बनाउन कनेक्ट आईपीएस ले आकर्षक योजना सार्वजनिक गरेको छ। ‘शुभयात्रा अफर’ नाम दिइएको यो अफर २२ भदौदेखि १८ असोजसम्म लागू हुनेछ।
हवाई र बस टिकट भुक्तानीमा छुट र क्यासब्याक अफरअन्तर्गत, ग्राहकहरूले विभिन्न एयरलाइन्स तथा बस सेवाको टिकट कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा क्यासब्याक र छुटको सुविधा पाउनेछन्।
विशेष अफरका मुख्य आकर्षणमा बुद्ध एयर को टिकट खरिद र भुक्तानी गर्दा रु १०१ क्यासब्याक पाइनेछ । पाँच भाग्यशाली जोडीले माउन्टेन फ्लाइट जित्ने अवसर र श्री एयरलाइन्स, यती एयरलाइन्स तथा बस सेवा ट्राभल एन्ड टुर को टिकटमा पनि छुट र क्यासब्याकको सुविधा पनि दिएकाे छ ।
कनेक्ट आईपीएसले यस अफरमार्फत ग्राहकलाई डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र चाडपर्वमा हुने यात्रालाई अझ सजिलो, सुरक्षित र लाभदायक बनाउन उद्देश्य राखेको जनाएको छ।






















