काठमाडौं । नेपाल राष्ट्र बैंक ले देशको वर्तमान सुरक्षा संवेदनशीलता र सामाजिक परिस्थिति मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरू (बिफिन) र भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरुलाई अत्यावश्यक वित्तीय सेवा निरन्तर सञ्चालनमा राख्न निर्देशन दिएको छ।
राष्ट्र बैंकका अनुसार, भदौ २५ गते रक्षा मन्त्रालय र नेपाली सेनाले जारी गरेको विज्ञप्ति का आधारमा वित्तीय क्षेत्रका इजाजतप्राप्त सबै संस्थालाई आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको हो।
केन्द्रीय बैंकले संवेदनशील प्रणालीहरूलाई न्यूनतम कर्मचारीको उपस्थितिमा पनि सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।
अन्य प्रणालीहरूको हकमा भने, जोखिम मूल्यांकनको आधारमा ‘रिमोट एक्सेस’ प्रयोग गरेर सेवा सञ्चालन गर्न सकिने जनाएको छ।
प्रतिकृया दिनुहोस्

























