दशैंमा ज्योति विकास बैंकको अफर : हवाई टिकटमा रु ५०० क्यासब्याक

काठमाडौं। दशैंको अवसर पारेर ज्योति विकास बैंक ले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। बैंकले भदौ १९ गतेदेखि लागू हुने गरी मोबाईल बैंकिङ्ग एप ज्योति स्मार्ट मार्फत हवाई टिकट खरिद गर्दा रु। ५०० सम्म क्यासब्याक पाउने योजना ल्याएको हो।

यस योजनाअन्तर्गत, ज्योति स्मार्ट App प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको टिकट खरिद गर्दा ग्राहकहरूले “JBBL500” प्रोमो कोड प्रयोग गरी क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्। अफर पहिलो ४०० जना ग्राहक का लागि मात्र सीमित रहनेछ। अभियान अवधिभर ग्राहकहरूले पहिलो हवाई टिकट खरिदमा मात्र यो सुविधा पाउनेछन्।

बैंकका अनुसार, ग्राहकलाई सहज र सुरक्षित डिजिटल सेवाको अनुभव दिलाउन र डिजिटल कारोबारलाई थप प्रोत्साहन दिन यो योजना सञ्चालन गरिएको हो। हालै, बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र पनि हासिल गरेको छ।

ग्राहकमैत्री सेवासँगै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आएको बैंकले आफ्नो खुद मुनाफाबाट सामाजिक कार्यका लागि अन्य वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम छुट्याएको छ। स्वास्थ्य क्षेत्रमा विशेष योगदान दिँदै, बैंकले “न्यानो नानी” कार्यक्रममार्फत हरेक वर्ष करिब २३०० भन्दा बढी नवजात शिशुको जीवन रक्षा गर्न सफल भएको छ।

गत आर्थिक वर्षमा मात्र रु। ४१ करोड कर तिरेको बैंकले संस्थागत सुशासन, सामाजिक उत्तरदायित्व र नवीन सोचका आधारमा आगामी दिनहरूमा पनि परिवर्तनको ज्योति बन्ने अठोट व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.